छतबाट खसेर किशोरीको मृत्यु



चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटेलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पाख्रिन सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् ।

उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्