श्रीलङ्कामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता



कोलम्बो ।  श्रीलङ्कामा हालै आएको चक्रवातले निम्त्याएको  मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ ।  

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन्, भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६  लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । डिएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ ।

कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्याङ्की, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ । 

यसैबीच चिनियाँ नेताहरूले श्रीलङ्कामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलङ्काको अनुरोधमा चीनले श्रीलङ्कालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लगायतका आपूर्ति सहित आपत्कालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

एसियाली विकास बैङ्कले श्रीलङ्कालाई आपत्कालीन  अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्