प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी हन्।
प्रधानमन्त्री कार्कीले बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरिएको उनको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार












