विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति आज बैठक बस्दैछ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा सुरु हुनेछ ।

बैठकको एजेन्डामा चलचित्र विधेयक, २०८१ को छलफल समावेश छ । यसबारे चलचित्र विकास बोर्डसँग पनि विचार-विमर्श गरिनेछ ।

समितिले यस बैठकमा विधेयक सम्बन्धी आवश्यक परामर्श र सुझावहरू संकलन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्