आज यी स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना



काठमाडौँ, मंसिर २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

यस्तै आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्