ट्राफिक कारबाहीबाट एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ४३८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, संकेत बत्ती उल्लंघनकर्ता १२३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागूपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन २७ अन्य सवारी नियम पालना नगरेका एक हजार ७०० जनालाई कारबाही गरिएको हो ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












