बिरामी कुरुवा अस्पतालको शौचालयमा मृत फेला



प्यूठान, मंसिर २० । प्यूठान अस्पतालको शौचालयमा एक जना बिरामी कुरुवा मृत फेला परेका छन् ।

आफ्नो गर्भवती भान्जी लिएर तीन दिन अघि अस्पताल आएका लुंग्री गाउँपालिका–३ चिउरीपाखा सिर्पका तेजबहादुर घर्ती मगर मृत फेला परेका हुन् ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा शौचतालयमा लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । रातिको समयमा शौचालयमा विद्युत नभएको अवस्थामा घटना भएको अस्पताल स्रोतले जनाएको छ ।

मृतक घर्तीको घरमा आमा, श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्