कान्ति लोकमार्ग दिउँसोको समयमा दुई महिनासम्म बन्द हुने
काठमाडौं, मंसिर २० । कान्ति लोकमार्ग आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने भएको हो ।
सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार












