भारतको एक चर्चित नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
गोवा । भारतको गोवामा एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।
गोवाको तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ । आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन् ।
शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको बताइएको छ ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार
















