एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेल मत हालेर मदतान सुरु गरेका हुन् ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । मतदानका लागि प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसेका छन् ।
विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












