युके पठाइदिन्छु भन्दै ५२ लाख ठगी, एक जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका छन् ।

एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा बराइलीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्