धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
उदयपुर, पुस ५ । उदयपुरमा धारिलो हतियार प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् ।
त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले गएराति आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको छ ।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार












