रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य पदको मतदान राति १० बजेदेखि हुने



चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि हुने मतदानको समय सारिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार बुधबार बिहान ८ः३० बजेदेखि मतदान सुरु हुने तय भए पनि प्राविधिक तयारी पूरा नभएकाले निर्धारित समयमा मतदान हुन सकेन ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार विद्युतीय मतदान मेसिनको प्राविधिक व्यवस्थापनको काम भइरहेकाले मतदान राति १० बजेदेखि सुरु गरिने भएको छ ।

निर्वाचन समितिले मतदान बिहीबार बिहान १० बजेसम्म सञ्चालन हुने जनाएको छ ।

समितिका अनुसार एक प्रतिनिधिले आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।

रास्वपाको केन्द्रीय सदस्य पदका लागि ९९ पदमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गत आइतबारदेखि चितवनमा जारी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्