चट्याङ्ले भोजपुरमा दुई जनाको मृत्यु


 


भोजपुर, असार १६
गएराती अाठ बजेतिर चट्याङले भोजपुरमा दुई जनाको मृत्यु भएको छ । अविरल बर्षासँगै परेको चट्याङले थिदिंखा गाविस ४ का १६ बर्षिय शेरबहादुर थापा र षडानन्द नगरपालिका ९ खार्ताम्छाका १२ बर्षिय डोर प्रसाद गौतमको मृत्यु भएको हो ।

उनिहरु दुबैको सुतिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले मृतक थापाकी ४८ बर्षिया आमा कृष्णमाया थापा समेत घाइते भएकी छन् ।

यो पनि पढ्नुहोस्

चट्याङबाट कसरी बच्ने ?

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्