गौशालाबाट ४ जना पाकेटमार पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर–८ गौशालास्थित तिलगंगाबाट पाकेट मारेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली घर भएका ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत घर भएका ४२ वर्षीय विकाश लामा, तनहुँ घर भएका ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका–७ बस्ने सुवास मगर छन् ।

एयरपोर्ट गेटबाट मयुर यातायातमा चढेका यात्रुको साथबाट उनीहरुले २ लाख ७५ हजार पाकेट मारेको पीडितले प्रहरीलाई बताएका छन् । बुधवार पीडितले घटनाबारे जानकारी गराएपछि खटिएको प्रहरीले सीसीटिभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

आरोपीहरूले यात्रुको झोलामा भएको नगद निकालेर फरार भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीहरूमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्