कांग्रेसका उम्मेदवार घिमिरेविरुद्ध लुम्बिनी प्रदेशमा उजुरी
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार बाबुदेव घिमिरेविरुद्ध उजुरी परेको छ । कांग्रेस, एमाले गठबन्धनको तर्फबाट अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएका घिमिरेविरुद्ध सर्जन विकले उजुरी दर्ता गराएका हुन् ।
निर्वाचन आयोग लुम्बिनी प्रदेश कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले अन्तिम समयमा घिमिरेविरुद्ध उजुरी परेको र भोलिसम्म छानबिन गरेर टुङ्गो लगाउने जानकारी दिए । उनले भने, ‘उजुरी आएको छ, अब हेरेर छानबिन गरी निर्णयमा पुग्छौँ।’ विकले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशमा खुला, अपाङ्ग र माहिला कोटामा राष्ट्रियसभा निर्वाचन हुँदैछ । जसका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार
















