भारतको हिमाचलमा बस दुर्घटना : ९ जनाको मृत्यु, ४० घाइते
काठमाडौं । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूले दुर्घटना सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको जानकारी दिएका छन् । यो गाउँ हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिब १४२ किलोमिटर दक्षिण पूर्वमा पर्दछ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ । सुरक्षा निकायहरूले घटनास्थलमा खोजी–उद्धार कार्य तीव्रतापूर्वक जारी राखेका छन् ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार
















