ट्रम्पले आफैलाई घोषणा गरे भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन् ।
उनले आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’देखिएको तस्बिर पोस्ट गरेका छन् ।
यस पोस्टले भेनेजुएलाको राजनीतिक परिदृश्यमा अमेरिका आफैं नेतृत्व गर्ने सन्देश दिएको भनी विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
भेनेजुएलामा हालको राजनीतिक संकटको पृष्ठभूमिमा, जनवरी ३ मा अमेरिकी सेनाले व्यापक सैन्य कदम चाल्दै तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि देशको सर्वोच्च अदालतले उप–राष्ट्रपति डेल्सी रोड्रिगेसलाई ‘कार्यवाहक राष्ट्रपति’ नियुक्त गरेको थियो ।
ट्रम्प प्रशासनले भेनेजुएलालाई “सुरक्षित, उपयुक्त र न्यायसंगत संक्रमण” सुनिश्चित नभएसम्म अमेरिकाले प्रशासनिक भ्रमण र व्यवस्थापनमा भूमिका खेल्ने दाबी गरेको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार
















