पत्रकार महासंघ भोजपुरमा श्यामकृष्ण, कुन पत्रकार के–के भए ? (सूचिसहित)



भोजपुर, बैशाख ७
नेपाल पत्रकार महासंघ भोजपुर शाखाको पाचौं जिल्ला अधिवेशनले श्यामकृष्ण दाहालको नेतृत्वमा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । दाहाल डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

महांसघको खुल्ला उपाध्यक्षमा एक्सन राई, महिला उपाध्यक्षमा विद्या राई चयन भएका छन् । त्यस्तै सचिव बुद्ध तामाङ, सह–सचिव मक्कर तामाङ र मोहन दुराल, कोषाध्यक्षमा युवराज विष्ट चयन भएका हुन् ।

त्यस्तै कार्य समिति सदस्यमा सौगात गौतम र सत्य राई चयन भएको केन्द्रिय प्रतिनिधि सिद्धराज राईले जानकारी दिए ।

महासंघको केन्द्रिय सभासदमा ज्ञानेन्द्र खड्का, किरण राई, ध्रुव सुवेदी, गणेश बिष्ट र निर्मला कार्की सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै प्रदेश सभासदमा भोजबहादुर बिष्ट, उमेश अधिकारी, उमेश तामाङ, बाबुराम बास्तोला र केवल प्रधान चयन भएका छन् । पत्रकार महासंघ भोजपुरमा ४६ जना साधारण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News