बुटवलमा हायात प्लेसको शुभारम्भ



बुटवल । पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै  हायात प्लेस बुटवलले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ।

यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो। यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ।

होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ।

उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर भन्छन्, “हाम्रो नयाँ वर्षको कार्यक्रमप्रति देखिएको उत्साहजनक प्रतिक्रियाले बुटवल अब प्रिमियम जीवनशैलीको अनुभव गर्न तयार छ भन्ने स्पष्ट पारेको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवासको माग ह्वात्तै बढाएको छ। ह्यात प्लेस बुटवलले व्यापारिक यात्री (Business Travelers), पर्यटक र यस क्षेत्रको विस्तारित व्यापारिक इकोसिस्टमलाई सेवा दिँदै त्यही अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ।”

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्