पेट्रोल र डिजेलको भाउ घट्यो, कति पुग्यो ?



काठमाडौं, माघ २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

आजदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नयाँ मूल्यसूची निर्धारण गरिएको निगम सञ्चालक समितिले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्