महेन्द्रनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



महेन्द्रनगर, माघ २ । बसको ठक्करबाट महेन्द्रनगरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार एक पुरुषको मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।

गम्भीर घाइते अवस्थामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको थापाले बताए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्