शेखर कोइरालाले बोलाए आफू निकटका नेताहरूको भेला
काठमाडौँ । नेपाली कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले आफू निटक नेताहरुको भेला बेलाएका छन् । कोइरालाले दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएका हुन् ।
दिउँसो भेला बोलाइएको कोइरालाको सचिवालयले जानकारी दिएको छ । सचिवालयले नेपाली कांग्रेस (गगन पक्ष)ले दिएको टिकट लिएर चुनाव लड्ने भन्ने विषय गलत हल्ला भएको समेत सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार
















