भोजपुरमा इजाजत नलिई सूर्तीजन्य पदार्थ विक्री वितरण



भोजपुर बजारका पसलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन समिति अनुगमन गर्दे । तस्बिर : श्यामकृष्ण दाहाल/देशकोन्युज

भोजपुर, वैशाख ८

भोजपुरमा इजाजत नलिई सूर्तीजन्य पदार्थ विक्रि वितरण गरेको पाईएको छ । कानुनतः व्यवसाय दर्ता गरि आन्तरिक राजश्व कार्यालयबाट इजाजत लिनुपर्ने व्यवस्था भएपनि आज विहान भोजपुर सदरमुकाममा अनुगमनको क्रममा इजाजत विना नै विक्री वितरण भएको भेटिएको हो ।

भोजपुर बजारस्थित किराना, होटल, खाद्यान्न पसलहरुमा अनुगमन गर्दा अधिकांस पसलले इजाजत पत्र नलिई सूर्तीजन्य पदार्थको विक्री वितरण गरेको पाईएकोले सचेत गराईएको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन समिति भोजपुरका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले बताउनुभयो ।

प्रहरी, प्रशासन, स्वास्थ्य कार्यालय, पत्रकार, उद्योग वाणिज्य संघ सम्मिलित अनुगमन टोलीले सूर्तीजन्य पदार्थ विक्रि वितरणको लागि तत्काल छुट्टै इजाजत पत्र लिनुपर्ने, अठार वर्ष उमेर पुरा नभएकालाई विक्रि वितरण नगर्न, किराना तथा खाद्यान्न पसलहरुमा चुरोट, विंडी, खैनीसूर्ती र मदिरा विक्रि नगर्न सुझाव दिएको छ ।

अर्को पटक अनुगमनमा इजाजत नलिई विक्रि वितरण गरेको पाईए सूर्तीजन्य पदार्थ र नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार कारवाही गरिने जिल्लास्थित नियमन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News