सुनको मूल्यमा भारी गिरावट



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?
एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्