सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।
यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार
















