स्कास्पियोले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु, चार घाइते



चितवन, माघ २९ । चितवनको स्थानीय गीतानगरमा आज बिहान स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीरु घाइते भएका उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्