सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलामा पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्