रास्वपाका जिल्ला सङ्गठन प्रमुख भट्टराई पक्राउ



कपिलबस्तु, फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।

प्रहरीले उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरेको हो । उनीमाथि व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमार्फत घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनियता भङ्ग गरेको आरोप छ ।

बाणगङ्गा नगरपालिका–८, धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैँक कारोबारको कागजातहरू केही दिनअघि आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

उनलाई कपिलवस्तु नगरपालिका वडा २ मा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । भट्टराईले यसअघि पनि पटकपटक फेसबुक मार्फत व्यक्तिको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्