सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनाले लियो



काठमाडौँ, फागुन १ । सर्लाही जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै कारागारको सुरक्षा जिम्मा बिहीबार साँझ ५ बजेदेखि सेनाले लिएको हो । मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्