कारागार सार्ने योजना अलपत्र


 


 धनकुटा, असार १६

जग्गा प्राप्तीको प्रक्रिया अघि नबढेपछि बजारको मुख्य भागमा रहेको धनकुटा कारागार स्थानान्तरणको योजना अलपत्र परेको छ । कारागारहरुलाई सुधारगृहमा परिणत गर्दै लैजाने सरकारी निति अनुरुप आत्मारास्थित नेपाल खाद्य संस्थान स्वामित्वको गोदाममा सार्न भइरहेको पहलले सार्थकता पाउन सकेको छैन ।

संस्थानको ९ रोपनी खाली जग्गा कारागार स्थानान्तरणका लागि मापदण्डका हिसावले उपयूक्त हुने भन्दै स्वामित्व हस्तान्तरणका लागि केन्द्रीय कारागार ब्यबस्थापन विभागले बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको पहल निरर्थक बनेको हो ।

बर्षैदेखि खाली र बेवारिसे बनेको खाद्यको जग्गा हस्तान्तरणको प्रकृया अघि बढेपछि बाणिज्य तथा आपूर्ति मन्त्रालयले सो स्थानमा पूर्वाधार तयार गरी पुन: कोशी पहाडी जिल्लाका लागि खाद्यान्न भण्डारण स्थल संञ्चालनमा ल्याइने भन्दै जग्गा दिन आनाकानी गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि वरिपरिका बासिन्दाको माग र कैदिबन्दीको सुविधाका हिसावले पनि धनकुटा कारागार उपयूक्त नभएको भन्दै स्थानान्तरणका लागि सुझाव सहितको प्रतिवेदन गृहमन्त्रालयलाई पठाईसकेको छ ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्