सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर तोलामा ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी तोलामा ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार
















