सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर तीन लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलामा ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्