फेसबुकदेखि ब्वाइफ्रेडसम्म एउटै प्रयोग गर्ने जम्ल्याहा दिदीबहिनी (फोटो फिचर सहित)



चर्चामा आउने चाहना भनौ वा दुई दिदीबहिनीबीचको अटुट प्रेम । अस्ट्रेलियाको पर्थ सहरका यी दुई जम्ल्याहा दिदीबहिनीले आफूलाई एउटै देखाउन आफ्नो आइब्रो, होठ, गाला यहाँसम्मकी ब्रेस्टट इम्प्लाइन्ट जस्तो सर्जरीमा २.५०००० डलर खर्च गरेका छन्।

त्यति मात्र होइन, मात्र एक मिनेटको फरकमा जन्मिएका यी दुई दिदीबहिनीको एउटै रोजगारी, एउटै कार, एउटै फेसबुक एकाउन्ट मात्र होइन ब्वाइफ्रेण्ड पनि एउटै छ ।

यी दुई दिदीबहिनी जन्मेदेखि नै एउटै देखिन्छन्। उनीहरुका आमाबुबा पनि उनीहरुलाई एकै खाले कपडा लगाइदिन्छन् । २८ वर्षीया ए र लुसी डेसिन्कको जीवनशैली पनि एकै प्रकारको छ।

३१ वर्षीय इलेक्ट्रिकल मेकानिक ब्रायनले यी दिदीबहिनीको मन जितेका छन् । एना र लुसीले मेकानिकलाई आफ्नो साथीको सुझावमा फेसबुकमा आफ्नो साथी बनाएका थिए ।

सुरुमा ब्रायनलाई दिदीबहिनीबीच सन्तुलन कायम गर्न निकै कठिनाइ भयो । तर, १८ महिनाको रिलेशनसीपले उनले बुझे कि दुवैलाई कसरी पैम्पर गर्नुपर्छ।

ब्रायनले भने–यो पहिलोपटक हो कि म आफ्नी दुवै गर्लफ्रेण्डका साथ छु । मलाई विश्वास गर्नुस्, दिदीबहिनीका साथ १०० प्रतिशत एकै प्रकारको व्यवहार गर्नु कठिन काम हो ।
ब्रायनले भने–म जे कुरा एउटासँग गर्छु, अर्कीसँग पनि त्यसै गर्नुपर्छ ।
स्मरणरहोस्, लामो रिलेशनसीपका कारण अब ब्रायन स्वयम पनि दुई दिदीबहिनीसँगको सम्बन्धमा सहज महशुस गरिरहेका छन् ।

 australian-twins-sister1
australian-twins-sister3
australian-twins-sister4
australian-twins-sister6
australian-twins-sister9
 एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News