एनसेलको नयाँ अफर : ३० रुपैयाँ सापटी लिन पाइने, सेवा शुल्क नलाग्ने


 


काठमाडौं, वैशाख १८

एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिनाकुनै सेवा शुल्क एनसेल सापटी लिन सक्ने भएका छन् ।

ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत बिना सेवा शुल्क अझै बढी रकम सापटी स्वरुप लिन सक्नेछन् ।

मई दिवसको उपलक्ष्यमा ल्याइएको योजना आज सोमबारदेखि लागु हुने्छ । यो योजना अन्र्तगत प्रिपेड सेवाका ग्राहकले बिनाकुनै सेवाशुल्क ३० रुपैयाँ सापटी लिन सक्नेछन् ।

दुई महिना वा सो भन्दा बढीदेखि एनसेल प्रिपेड सिमप्रयोग गर्ने ग्राहकले मात्र यो योजना अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्नेछन् ।

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ ।

यदि रिचार्ज गरिएको रकम ३० रुपैयाँभन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ ।

प्रिपेड ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरि बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् । एनसेलसापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्