युद्ध अन्त्य गर्न इरानले अघि सार्यो तीन शर्त



काठमाडौं, फागुन २८ । अमेरिकासँग युद्धमा रहेको इरानले युद्ध अन्त्य गर्न तीन शर्त अघि सारेको छ ।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले रूस र पाकिस्तानका नेताहरूसँगको वार्तामा इरानको वैध अधिकारलाई मान्यता दिनुपर्ने, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नुपर्ने शर्त अघि सारेका हुन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘इजरायल र संयुक्त राज्य अमेरिकाले शुरू गरेको युद्ध अन्त्य गर्ने एक मात्र तरिका भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो ।’

इरान, संयुक्त राज्य अमेरिका र इजरायल बीचको जारी द्वन्द्वका कारण यस क्षेत्रमा तनाव उच्च छ । इरानले मध्य पूर्वी देशहरूमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूलाई लक्षित गरिरहेको छ ।

यसैबीच, विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्