मेरो प्यारो भोजपुर ग्रुपको नमुना काम, फेसबुकबाटै रकम संकलन गरेर हस्तान्तरण



काठमाडौं, वैशाख १८
भोजपुरमा जन्मिएर वैदेशिक रोजगारीका क्रममा प्रवासमा रहेका भोजपुरेहरुले नमुनायोग्य काम गर्न थालेका छन् । केही युवाहरु मिलेर मेरो प्यारो भोजपुर नाम गरेको फेसबुक ग्रुप खोलेका छन् ।

यो ग्रुप विशेषत भोजपुर सम्बन्धि सामाजिक काम तथा भोजपुरका प्रकाशित समाचारहरु पोष्ट हुने गरेका छन् ।

यो ग्रुपले प्राकृतिक विपत्ती तथा केही गरिब, असहायहरुलाई औषधोपचारमा आर्थिक सहयोग संकलन गरेर उदाहरणीय काम गर्दे आएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरकी एक चार बर्षिय बालिकालाई करिब दुई लाख नगद सोमबार यही ग्रुपले हस्तान्तरण गरेको छ ।
हसनपुरका किशोर कुमार राई (सफल) की चार बर्षिया छोरी सिम्रन राईलाई ग्रुपले एक लाख ९१ हजार २ सय ९२ रुपैयाँ सोमबार हस्तान्तरण गरेको हो ।

सिम्रन करिब छ महिनादेखि बोन म्यारो क्यान्सबाट पीडित छन् भने उनको राजधानीस्थित कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त रकम अस्पतालमा भोजपुर क्षेत्र नं २ का सांसद एंव पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र मेरो प्यारो भोजपुर ग्रुपको एड्मिन सिर्जना राईले बालिकालाई हस्तान्तरण गर्नुभयो ।

बालिकाको उपचारका लागि करिब २८ लाख रकम लाग्ने भएपछि परिवारले सहयोगको अपील गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएपछि परिवारले सबै पक्षसँग सहयोगको अपील गरेको थियो भने देश विदेशबाट आर्थिक सहयोग संकलन भइरहेको छ ।

मेरो प्यारो भोजपुर नामक फेसबुक ग्रुपले बालिकाको सहयोगका लागि सिम्रन राई बचाउ अभियान नै सञ्चालन गरेको छ । जस अन्र्तगत सोमबार हस्तान्तरण गरिएको रकम संकलन भएको हो ।

ग्रुपले यसअघि पनि यस्तै अभियान सञ्चालन गरेर भोजपुरका केही पीडितहरुलाई सहयोग गरेको थियो ।

कहाँबाट कस्ले कति सहयोग गरे ?

भोजपुर सेवा मलेसिया र मेरो प्यारो भोजपुरको संयुक्त सक्रियतामा:-
ओमप्रकाश विष्ट यूँ ,भोजपुर
चित्र बहादुर पाण्डे देउराली,भोजपुर
जोन ताज राई दिङ्ग्ला,भोजपुर
सुरेन राई खैराङ्ग, भोजपुर
रविन राई तुङ्गेछा, भोजपुर
सुवास पुरी कोट,भोजपुर र
शान्ता चाम्लिङ राई, खोटाङ
संकलित रकम रु.६९,९१०/-

बिनोद प्रधान भैसिपंखा,भोजपुर
कमला(सुनि)राई भैंसीपंखा,भोजपुर
साथै साथिहरु:-(हाल जापान)रु.५९१५७/-

नङ्ग्खा थुलुङ्ग राई सिन्द्राङ्ग,भोजपुर
मन कुमार राई सिन्द्राङ्ग,भोजपुर
देवानन्द येन्कुवाले कर्नाटक इन्डिया गोपाल गुरुङ,मोरङ र
गोपाल राजबंसी,झापाको सक्रियतामा(हाल साउदी अरबिया)रु.५३,८०९/-

धनकुमार राई,च्याङ्रे माङ्खोङ-भोजपुर(हाल अफ्गानिस्तान)रु.३,०००/-

मेरो प्यारो भोजपुर ग्रुपको एड्मिन सिर्जना राई, श्यामशिला-भोजपुर(हाल काठमाडौं क्रीतिपुर) रु.१,५००/-

मणिराज तामाङ बलंखा,भोजपुर(हाल काठमाडौ) रु.१,५००/-

अरुण मेवाहाङ राई नेपालेडाँडा,भोजपुर(हाल काठमाडौ)रु.१,३०५/-

भिम प्रधान भोजपुर रु.१,१११/-

जम्मा रकम रु.१,९१,२९२/-

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News