बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण
एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ ।
स्थानीय समयअनुसार बुधबार बिहान सबेरै यी आक्रमण भएका हुन्।
एजेन्सीहरूले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएका छन् भने बगदादमा रहेका एएफपीका पत्रकारहरूले दूतावास नजिकै विस्फोटको आवाज सुनेका थिए।
यो अमेरिकी दूतावास अत्यन्तै सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा अवस्थित छ, जहाँ धेरै कूटनीतिक मिसन र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यालय रहेका छन्।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















