भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट; ७ जनाको मृत्यु, तीन जना घाइते



एजेन्सी। भारतमा इलेक्ट्रिक कार चार्ज भइरहेको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

भारतको मध्यप्रदेश राज्यमा पर्ने इन्दौरस्थित बंगाली चौराहनजिकै रहेको कोलोनीमा आज बिहान उक्त घटना भएको हो ।

इन्दौरका पुलिस कमिसनर सन्तोषकुमार सिंह अनुसार बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा सर्ट सर्किट हुँदा कारमा आगो लागेको थियो ।

केही मिनेटमै आगो घरभित्र फैलिँदा ठूलो मानवीय क्षति भएको उनले बताएका छन् ।

यो घटना हुँदा अधिकांश मानिस आ–आफ्नो घरमा सुतिरहेका थिए ।

घरभित्र झन्डै १५ ग्यास सिलिन्डर राखिएको र सिलिन्डर विस्फोट हुँदा मानवीय क्षति बढी हुन गएको उनले बताए ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्