कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं, चैत्र १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा मुख्यरुपमा पार्टीको १५औँ महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ । आगामी असोजमा महाधिवेशन गर्ने तयारी अनुरूप बैठकमा प्रस्ताव पेश हुने बताइएको छ ।

यसअघि सभापति गगन थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरिसकेको छ । थापाकै नेतृत्वमा महाधिवेशनमा जाने तयारी काँग्रेसले गरेको छ ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्