कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु, दर्जनौं घाइते



एजेन्सी । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ ।

देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका थिए ।

बीबीसी हिन्दीका अनुसार गएराति भएको यो दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू घाइते भएका छन् ।

दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो ।

विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ ।

कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले समाजिक सञ्जालमा लेख्दै उक्त घटनादेशका लागि दुखदायी भएको बताएका छन्।

उनका अनुसार विमानमा आगलागी हुँदा सेनाका गोला बारुद पड्केर घटना भयावह भएको हो।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्