कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं, चैत्र ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आज आफ्ना धारणा राख्नेछन् ।
मंगलबारको बैठकमा पार्टी सभापति गगनकुमार थापाले मन्तव्य राखेका थिए । बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ बुँदामा बैठकका एजेण्डा प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार
















