मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
मकवानपुर । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा बुधबार (चैत ११) बिहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रक चालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार
















