कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, चैत्र १२ । नेपालमा आज पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

त्यस्तै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्