रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता चुनिँदै



काठमाडौँ, चैत्र १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै अपराह्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार आजको बैठकले वरिष्ठ नेता वालेन्द्र साह (बालेन) लाई रास्वपा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको छ ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेनलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव लडेको थियो ।

निर्वाचनमा रास्वपाले १८२ सिटसहित ऐतिहासिक सफलता प्राप्त गरेपछि बालेनलाई संसदीय दलको नेता बनाउँदै सरकारको नेतृत्व गर्ने बाटो खुला गर्न लागिएको हो ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्