दार्चुलामा ४ म्याग्निच्युडको भूकम्पको धक्का



दार्चुला, चैत्र १२ । बिहीबार बिहान दार्चुलाको मुराई आसपास ४.० म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ८ बजेर ३२ मिनेटमा गएको हो ।

भूकम्पको धक्का दार्चुला जिल्ला र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । यसअघि गत चैत ९ गते पनि सोही स्थानमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो क्षेत्र भूकम्प संवेदनशील रहेका कारण सतर्कता अपनाउन स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्