अमेरिकाको वार्ताको प्रस्ताव इरानले गर्यो अस्वीकार
एजेन्सी । अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गरेको इरानले अहिले वार्ता गर्ने कुनै मनसाय नरहेको बताएको छ ।
इरानको सरकारी टीभीलाई अन्तर्वार्ता दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले केही दिनदेखि केही दिनदेखि अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरूमार्फत सन्देश पठाउन थालेको बताएका छन् ।
अराघचीले यो इजरायलको युद्ध भएको उल्लेख गर्दै यसबाट अमेरिकासँगै यस क्षेत्रका जनताले मूल्य चुकाइरहेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार
















