रास्वपा संसदीय दलको नेतामा शाह चयन



काठमाडौँ १२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । 

बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

बैठकले संसदीय दलका नेतामा शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो ।

पार्टीका प्रवक्ता झाले बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई पनि सहभागी गराइएको जानकारी दिनुभयो । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत गर्नुभएको झाले बताउनुभयो ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्