पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थलाई पक्राउ गर्ने तयारी
काठमाडौं, चैत्र १६ । सरकारले ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ ।
सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै प्रधानमन्त्रीसहितका उच्च पदस्थलाई पक्राउ गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन गर्ने प्रक्रिया थालको हो ।
यसै गरी मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायत नेताको पनि सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ । समाचारपत्रमा खबर छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार
















