नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहिबेर अघिदेखि सुरु भएको हो ।
यो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ परे पछि बसेको दोस्रो पटक बैठक हो ।

बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानुनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ ।

बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो ।

आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्